Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कार चेक गर्दा पेस्तोल बरामद, तीन भारतीय पक्राउ


    सोमबार, असार १३ २०७९
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । सशस्त्र प्रहरीको टोलीले धनुषाको विदेह नगरपालिका वडा नं. १ महिनाथपुरस्थित सीमानाकामा कार चेक गर्ने क्रममा पेस्तोल बरामद गरेको छ ।

    महिनाथपुरको सीमानाकाबाट भारततर्फ जाँदै गरेको बीआरओ ६ एपी ३००८ नम्बरको सुजुकी कार चेकजाँच गर्दा गाडीको सीटमुनि मेड इन युएसए लेखिएको ७.६५ एमएमको १ थान गोली लोड गरेको पेस्तोल फेलापारेको थियो । 

    सशस्त्र प्रहरी निरीक्षक दिलेन्द्र खत्रीको कमाण्डमा खटिएको टोलीले सोमबार उक्त कारबाट पेस्तोल बरामद गरेको हो । उक्त टोलीले उक्त कारसहित बरामद पेस्तोल इलाका प्रहरी कार्यालय खजुरीमा पठाइएको जानकारी प्राप्त भएको छ ।

    pakrau.jpg
    कारमा पेस्तोल बरामद भएपछि पक्राउ परेका भारतीय नागरिकहरु

    पेस्तोल सहित पक्राउ पर्नेहरुमा भारत बिहार मुजफरपुर–७ साहेबगंज बस्ने बर्ष २९ का रोहुल रंजन, बर्ष २० का उज्वलकुमार र बर्ष २६ का संजयकुमार छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार