Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धादिङबाट पेस्तोलसहित दुई जना पक्राउ


    सोमबार, असार १३ २०७९
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।धादिङबाट प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको खनियाँबास गाउँपालिका-२ अक्थलीस्थित पशुराम तामाङको घरमा डेरामा गरी बस्‍ने वडा नम्बर २ झार्लाङ घर भएका २५ वर्षीय सुनील तामाङ र २५ वर्षीय अविनाश तामाङ रहेका छन्  ।

    कोठामा अवैध रुपमा हातहतियार पेस्तोल लुकाएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो  ।

    प्रहरीले उनीहरूको साथबाट पेस्तोल  एक थान, खुकुरी एक थान र मोबाइल सेट तीन थान बराममद गरेको छ । उनीहरूमाथि थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार