Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रीको सपथः एउटै जिल्लाबाट दुई मन्त्री


    सोमबार, असार १३ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज बिहान ११ बजे सपथ खुवाउने पाँच मन्त्री मध्ये २ जना एउटै जिल्लावाट प्रतिनिधित्व गर्ने अनुहार परेका छन् । 

    पहिलो पटक मन्त्री हुन लागेका मेटमणि चौधरी  र हिराचन्द्र केसी एउटै जिल्ला दाङवाट प्रतिनिधित्व गर्ने नवनियुक्त मन्त्री हुन । 

    माधवकुमार नेपाल नेतृत्वको नेकपा एसवाट प्रतिनिधित्व गर्ने चौधरी दाङ–१ वाट र केसी दाङ–३ वाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । चौधरीले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउँदा केसीले भने स्वास्थ्य राज्य मन्त्रीको जिम्मेवारी पाएका छन । 

    एउटै जिल्लावाट दुईजनालाई मन्त्री बनाएको भन्दै नेकपा एसका निवर्तमान मन्त्रीहरुले आपत्ति जनाएपनि अन्ततः पार्टीको निर्णय अनुसार उनीहरुले आज सपथ लिन लागेका हुन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार