Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधव नेपालसँग योगेशको चित्तदुखाई: दुई सय बर्ष बाँच्नुहोस्, पदमा बसिरहनुहोस् !


    सोमबार, असार १३ २०७९
    905
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पदमा बसिरहन शुभकामना दिएका छन् ।

    तत्कालिन नेकपाको बिबादमा पार्टी परित्याग नगरी आएका भट्टराईलगायत समुहलाई केही दिन अघि ‘दास’को संज्ञा दिपछि एमाले नेता भट्टराईले दुई सय बर्ष बाँच्न भन्दै पदमा बसिरहन शुभकामाना दिएका हुन् ।

    पार्टी कार्यक्रममा काठमान्डौवाट धनगढी हवाई यात्राको जाने क्रममा ‘कमरेड माधव नेपाल र म’ शिर्षकमा दुई जना बिचको सबन्धका बारेमा पनि भट्टराईले उल्लेख गरेका छन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन: 
    कमरेड माधव नेपाल र म !

    कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी   गरेनौ । अस्ती फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवनऊपयोगि जवाफ फर्काए । समाजबादीका युवाहरुको चित्त दुखेछ  ! माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होईन । अब उनीहरु खुशी हुनेगरी म भन्न चाहन्छु – “कमरेड माधव नेपाल दुईसय बर्ष बांच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !
    कमरेड माधव नेपाल र मेरो सम्बन्धका बारेमा केहि कुरा:

     
    १. पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला वहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।  

    २. वहाँमा थुप्रै राम्रा गुणहरु छन जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै बिरोध गरेको छु । वहाँलाई चिनेदेखि वहाँ र मेरो सम्बन्धमा उतार चढाब रहेका छन र यो जारी रहने छ ।  

    ३. नेकपा एमालेको पाँचौ महाधिवेशन ९ २०४९ ० मा वहाँ अन्तिम तिर मात्रै जनताको बहुदलीय जनबादका पक्षमा खुल्नु भएको हो । हामी शुरु देखिनै मदन भण्डारीको नेतृत्व र बिचारलाई स्थापित गर्न लागेका हौ । 

    ४. छैठौ महाधिवेशनमा वहाँ पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन वहाँलाई थिएन । 

    ५. सातौँ महाधिवेशनबाट वहाँ पुन पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन वहाँलाई थियो ।  

    ६. आठौ महाधिवेशनमा वहाँले आफ्नो धार बदल्नु भयो । हामी वहाँसँग लागेनौ ।  

    ७. नवौ महाधिवेशनमा वहाँ पुरनै धारमा फर्कनु भयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौं । जित्नु भएन ।  

    ८. प्रधानमन्त्री केपी ओलीका बिरुद्धको अबिश्वास प्रस्ताबमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिन ।  

    ९. नेकपा एमालेको बिभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन वहाँलाई मैले साथ दिन सकिन । त्यसमा मलाई पछुतो छैन ।  

    १०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । वहाँ पार्टीको महासचिब । वहाँ र मेरो बिचमा समस्या उत्पन्न भयो । वहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजिनामा गरिदिएं ।  

    ११. म माक्र्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरुले मलाई ब्यक्ती, घटना र बिषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरुप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाल लगायत सबैलाई यहि माक्र्सवादी दृष्टिकोणबाट हेर्ने गद्र्छु । म कसैको अन्ध समर्थक र अन्ध बिरोधी होईन ।  

    पुनश्चस् कमरेड माधव नेपालसंग सवाल जवाफ गर्नु  मेरो मनसाय होईन ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार