काठमाडौं । समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित जनता समाजवादी पार्टीकी सांसद लिलादेवी सिटौलाले आज सपथग्रहण गर्ने तालिका रहेको छ ।
सरिता गिरीको स्थानमा सांसद बनेकी सिटौलाले आज दिउँसो १ बजे संसद सचिवालयको कृषि समितिको हलमा सपथग्रहण गर्ने भएकी हुन् ।
यसअघिकी सांसद सरिता गिरीलाई पार्टीले कारबाही गर्दै पार्टीको सदस्य र सांसदबाट हटाउँदै जनता समाजवादी पार्टीले समानुपातिकतर्फ खस-आर्य कोटामा दुई नम्बरमा रहेकी सिटौलाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको थियो ।
गत सोमबार उनलाई निर्वाचित गरिएको निर्वाचन आयोगले जनाएको थियो ।