Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिरहामा २७ किलो गाँजासहित दुई युवक पक्राउ


    आइतबार, असार १२ २०७९
    615
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिरहा।सिरहा प्रहरीले प्रतबवन्धित लागु औषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको धनगढीमाई नपा १४ हात्तीढुङ्गाबाट २७ किलो ६५० ग्राम गाँजा सहित ३४ वर्षिय राम सागर साह र गोलबजार नपा १ मुक्सारका ३० वर्षिय चंखु सदायलाई नियन्त्रणमा लिएको हो।

    ईलाका प्रहरी कार्यालय धनगढीमाई नपा १२ बिष्णुपुरकट्टीबाट खटिएको गस्ती टोलीले उनीहरु सवार स.३ प.७७९६ नम्वरको मोटरसाईकल शंका लागि रोकी चेकजाँच दुई वटा सेतो बोरा भित्र लुकाई छिपाई ल्याउँदै गरेको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

    आजै सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    उदयपुरको सीमाक्षेत्रमा उत्पादित गाँजा धनगढीमाई नपाको बाटो हुँदै तस्करहरुले भारतसम्म पुर्याउने गरेको बताइन्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार