काठमाडौं । नेकपा समाजवादीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने नयाँ मन्त्रीहरुको सपथग्रहण भोलि हुने भएको छ । प्रधानमन्त्री कार्यालयय निकट स्रोतका अनुसार सोमबार ११ बजे पछि सपथ गराउने कार्यक्रम रहेको छ । आइतबार नै मन्त्री फेरवदलको तयारी थियो । तर स्वास्थ्य मन्त्री बिरोध खतिवडाले सोमबार राष्ट्रियसभामा बिषयगत मन्त्रीका रुपमा जवाफ दिने कार्यक्रम भएकाले नउाँ मन्त्रीहरुको सपथ सोमबार सरेको स्रोतले बताएको छ ।
नेकपा समाजवादीबाट सोमबार सपथग्रहण गर्नेहरुमा सहरी विकास मन्त्री मेटमणि चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, श्रम तथा सामाजिक सुरक्षामा शेरबहादुर कुँवर,स्वास्थ्य मन्त्रीमा भवानी खापुङ र हिराचन्द्र केसी हुन् ।
नेकपा समाजवादीले नयाँ मन्त्रीहरु नियुक्तिका लागि गएको जेठ २२ मै नाम पठाएको थियो । तर बजेट पास नभएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री फेर्न अस्वीकार गर्दैआएका थिए । बजेटपछि पुनर्गठन गर्ने भन्दै देउवाले नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई झुलाउँदैआए । तर प्रतिनिधिसभाबाट बजेट पास भएपछि पनि मन्त्री फेर्न देउवाले चासो नदेखाएपछि समाजवादीका अध्यक्ष नेपालले असन्तुष्टि प्रकट गरेका थिए ।
मन्त्रीहरु पदलोलुप भएर हस्ताक्षर संकलन गर्ने जस्ता कार्यमा पनि लागे । तर केही गर्दा पनि मन्त्रीबाट हट्नुपर्ने भएपछि धमाधम राजीनामा गरेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend