काठमाडौं । नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)बीच पानी बारबार जस्तै सम्बन्ध छ । नेकपा समाजवादीलाई एमालेले पार्टीको मान्यता नै दिएको छैन । गएको बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा समाजवादीको बिभाजित भएकै कारण करिब १ सय पालिका प्रमुख हारेपछि एमालेले ९ महिनाको संसदको गतिरोध अन्त्य गरेको थियो । स्थानीय निर्वाचन लगत्तै पार्टी एकता गर्नुपर्ने कुराहरु आइरहेका छन् ।
पेशागत संघ संगठनहरुमा पार्टी एकताको सुरुवात उच्च अदालत बार एशोसिएसनको निर्वाचनको पूर्वसन्ध्यामा देखिएको छ । इलाम जिल्ला समन्वय समितिमा एमाले र समाजवादी मिलेर परिणाम आफ्नो पक्षमा पारिसकेका छन् ।
पाटन बारको नयाँ नेतृत्व छनोटका लागि असार २५ गते चुनाव हुँदैछ । पाटन बारमा एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए)मा आस्था राख्ने कानुन ब्यवसायीहरुको बाहुल्य रहँदैआएको छ । पार्टी बिभाजन भएको र नेकपा समाजवादी निकट समाजवादी कानुन लयर्स एशोसिएसनको पनि उल्लेख्य संख्या भएकाले यो पटक पीपीएलएको गढ तोड्ने दाउमा कांग्रेस निकट कानुन ब्यवसायीहरुको संगठन डीएलए थियो ।
नेकपा माओवादी निकट आरपीएलएसँग मिल्ने पीपीएलएका केही नेताहरु लागेका थिए । तर एसपीएलएसँगै एकता गर्नेहरुको प्रयासले सार्थकता पाएको छ । काठमाडौं बारमा डीएलएको बाहुल्य छ, ललितपुर बारमा आरपीएलएको प्रभुत्व छ । पाटन उच्च अदालत बारमा पीपीएलए पराजीत हुँदा एमालेप्रति आस्था राख्ने कानुन ब्यवसायीहरुले भावी दिनमा सदस्यता पाउन पनि गाह्रो पर्ने अवस्था देखिन्छ । यही कुरालाई मध्यनजर गर्दै आफूबाटै बिभाजित भएको शक्ति एसपीएलएलाई साथमा लिन पीपीएलए बाध्य भएको छ ।
सहमतिअनुसार १९ सदस्यीय उच्च बारमा पीपीएलएले अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ११ सदस्य र एसपीएलएले उपाध्यक्ष, सहसचिव र ३ जना सदस्य उम्मेदवार उठाउने भएका छन् ।
चुनावी तालमेलका लागि पीपीएलएले शिव अर्याल र एपीएलएले मेजर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको थिए । पीपीएलए र एसपीएलबीच सर्वोच्च बार एसोसिएसन, काठमाडौं जिल्ला बार एसोसिएसन र ललितपुर जिल्ला बार एसोसिएसनमा पनि मिलेर चुनावमा जाने सहमति भएको छ । पीपीएलएका उपमहासचिव शिव अर्याल पीपीएलए र एसपीएलएलाई मिलाउन मिहीन ढंगले लागेका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend