Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार कृष्ण राई र प्रेरणा विद्यालयलाई


    आइतबार, असार १२ २०७९
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आइरहेको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष धरानका कृष्ण राईलाई पाउने भएका छन् । यसैगरी फाउण्डेसनले यो वर्षबाट सुरु गरेको मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रेरणा माध्यमिक विद्यालय ललितपुरले पाउने भएको छ । दुवै पुरस्कारको राशि एक/एक लाख रुपैंया रहेको छ ।

    सोताङ अर्गानिक फार्म प्रा.लि.सञ्चालन मार्फत् राईले अर्गानिक खेती र समग्र उत्पादन, प्रोसेसिङ र बजारीकरणमा पुर्याउनु भएको योगदान स्वरूप उनलाई यो वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्न लागिएको फाउण्डेसनले जनाएको छ । 

    एक लाख राशिको उक्त पुरस्कार ७१ औँ मदन जयन्तीको अवसरमा यही असार १४ गते राष्ट्रिय सभामा आयोजना हुने विशेष कार्यक्रममा उनलाई प्रदान गरिने छ । 

    प्रेरणा माध्यमिक विद्यालय ललितपुरले उमेर र विपन्नताको कारण शिक्षाको पहुँचबाट टाढा हुन पुगेका किशोरी र महिलालाई विद्यालय शिक्षाको पहुँचमा पुर्‍याउने अभियानको नेतृत्व गरेको भन्दै यो वर्षको मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रदान गर्न लागिएको फाउण्डेसनले जनाएको छ । 

    फाउण्डेसनले प्रत्येक वर्ष प्रदान गर्ने राष्ट्रिय पुरस्कार  यस अघि हास्य कलाकार मह जोडी, शहिद पार्क हेटौँडा, मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला र सामाजिक अभियन्ता महावीर पुन। धुर्मुस सुन्तली फाउण्डेसन, प्राडा सुबोध शर्मा, स्टाफ नर्स सुनिता सहकारी र एम्बुलेन्स चालक बोमबहादुर गुरुङले प्राप्त गरिसकेका छन् ।  

    दुवै पुरस्कारहरू यही असार १४ गते राष्ट्रियसभामा मदन भण्डारीको ७१ औँ जन्म जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा फाउण्डेशनका संरक्षक,पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदान गर्ने फाउण्डेशनले जनाएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार