Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इलाममा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु


    आइतबार, असार १२ २०७९
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  इलाममा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इलामको माङसेबुङ गाउँपालिका-२ दहगाउँस्थित भित्री सडकखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

    आइतबार दिउँसो करिब १२ बजे पाँचथरको रविबाट झापाको दमक आउँदै गरेको मे १ ज ४८७ नम्बरको बोलेरो गाडी दुर्घट्नामा परेको हो । 

    दुर्घट्नामा परी ज्यान गुमाउनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका-५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र माङसेबुङ गाँउपालिका-६ का ५० वर्षीय प्रकाश राई रहेका छन् ।

    दुर्घटनामा परी हिमप्रसाद र प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने पदमकुमारीको उपचारको लागि दमक अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार