Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आलेपछि शहरी विकास मन्त्री झाँक्री पनि राजीनामा दिंदै


    आइतबार, असार १२ २०७९
    870
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका मन्त्रीहरु अन्ततः राजीनामा दिन बाध्य भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको राजीनामापछि नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले राजीनामा दिने क्रम सुरु भएको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आइतबारै राजीनामा दिने भएकी छन् ।

    नेकपा एकीकृत समाजवादीले ६ महिनामा मन्त्रीहरु परिवर्तन गर्नेगरी सरकारमा पठाएका मन्त्रीहरु बिरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र किसान श्रेष्ठले राजीनामा दिन अस्वीकार गर्दै पार्टीलाई चुनौती दिंदैआएका थिए । पार्टीले ८ महिनामा उनीहरुको ठाउँमा नयाँ टीमलाई सरकारमा पठाउने निर्णय गरेकोमा सो निर्णय कार्यान्वयन नगर्न उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवादेखि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हारगुहार गर्ने, संसदीय दलको बैठक बोलाउन माग गर्दै हस्ताक्षर गरेका थिए ।

    झाँक्रीले मन्त्रीपदप्रति यति आशक्ति देखाइन् कि उनको पदलोलुपता छर्लङ्ग देखियो । अन्ततः पार्टीको निर्णय मान्न उनी बाध्य भएकी छनु । आइतबार नै मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर उनी राजीनामा दिन तयार भएकी छन् ।  उक्त पत्रकार सम्मेलनमार्फत मन्त्री झाँक्रीले मन्त्रालय छाडेको जानकारी गराउने भएकी छन् । उनलाई सहरी विकास मन्त्रालयले बिदाई कार्यक्रम पनि आजै राखेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार