Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जिसस रौतहटमा तीन दलीय गठबन्धन विजयी, प्रमुखमा कांग्रेसका रामअयोध्या यादव बिजयी


    आइतबार, असार १२ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रौतहट। जिल्ला समन्वय समिति रौतहटमा कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । सत्ता साझेदार जसपा जिससको निर्वाचनमा बाहिर बसेको छ । 

    १८ स्थानीय तहको कुल ३६ मतमा कांग्रेसबाट सभापति पदका उम्मेदवार रामअयोध्या यादव २६ मत प्राप्त गरी विजयी बनेका छन् । उपसभापतिमा एकीकृत समाजवादीका महेश बैठाले २५ मत प्राप्त गरेर जित हासिल गरेका छन् ।

    सदस्यतर्फ कांग्रेसका अशोककुमार झा, इन्दु देवी, बिजुलिया पाश्वान र शेख मोज्जमिल समान २५ मत प्राप्त गरी विजयी बनेका छन्।

    अन्य सदस्यमा समाजवादीका किरण देवी पण्डित, सरफलाल यादव र माओवादीका महिला सदस्य कमला ढकाल विजयी भएको कांग्रेसका नेता अर्जुन यादवले जानकारी दिए ।

    एमालेबाट सभापति पदका उम्मेदवार शेरबहादुर पटेलले पाँच मत प्राप्त गरे । दुई गाउँपालिका र १६ नगरपालिका रहेको रौतहटमा गठबन्धनको २४, एमालेको पाँच र जसपा-लोसपाको सात मत थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार