काठमाडौं । बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार छापावाल सुन तोलामा ९८ हजार ५ सयमा कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको हो ।
यसैबीच बुधबार चाँदीको मूल्यमा भने गिरावट आएको छ । मंगलबार १२ सय ४५ प्रतितोलाका दरले कारोबार भएको चाँदीको मूल्य बुधबार घटेर १२ सय २५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।