Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • करमा कटौती गर्दै पेट्रोलमा २० र डिजेलमा प्रतिलिटर २८ रुपैयाँ मूल्य घटाउने सरकारको निर्णय


    शनिबार, असार ११ २०७९
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। सरकारले करमा कटौती गर्दै  पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय  गरेको छ ।  
    आज (शनिबार) पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् ।
    सरकारले  डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिए ।

    अहिले पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ । एक्कासि इन्धनको भाउ बढेपछि सरकारमाथि चौतर्फी दबाब आएको थियो । 

    कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ । सरकारले गरेको  घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार