Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नाइटक्लबमा गोली चल्यो, २ जनाको मृत्यु


    शनिबार, असार ११ २०७९
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ओस्लो। नर्वेको राजधानी ओस्लोको एक नाइटक्लबमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु हुनुको साथै १० जना घाइते भएको नर्वे प्रहरीले जनाएको छ । सार्वजनिक प्रसारक एनआरके र अन्य स्थानीय सञ्चार माध्यमले  गोलीबारी एउटा  लोकप्रिय समलैंगिक बार लन्डन पबमा भएको जनाएको छ । 

    प्रहरीले संदिग्धलाई पक्राउ गरेको छ । आक्रमणको उद्देश्य के थियो भन्ने तत्काल खुल्न सकेको छैन ।

    ओस्लोले शनिबार वार्षिक प्राइड परेड आयोजना गर्ने कार्यक्रम छ । ‘दुई जनाको मृत्यु भएको पुष्टि भएको छ’, ओस्लो प्रहरी विभागले ट्वीटमा भनेको छ । 

    गोली लागेर तीन जना गम्भीर घाइते भएका पनि प्रहरीले जनाएको छ ।  एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार