Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै


    शनिबार, असार ११ २०७९
    605
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक बिहान ११ बजे बस्दैछ । काठमाडौंको बबरमहलस्थित कार्की पार्टी ब्यांकेटमा  केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।
    स्थानीय तह निर्वाचनको समीक्षा, पार्टीको संगठन विस्तारलगायतका एजेण्डा रहेका छन् ।

    केन्द्रीय कमिटी बैठकको तयारीलगायत विषयमा समाजवादीको पोलिट व्यूरो बैठक शुक्रबार बसेको थियो । तर, बैठक एजेण्डाभन्दा केन्द्रित हुने सकेन ।

    निर्वाचनको समीक्षासमेतका एजेण्डा भए पनि पार्टीबाट सरकारकामा नेतृत्व गरेका मन्त्री हेरफेर गर्ने विषयले अन्य एजेन्डा ओझेलमा परे ।

    हालका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने निर्णयका कारण अहिले समाजवादीमा समस्या उत्पन्न भएको छ । मन्त्री र केही सांसदहरू फेरबदलको विपक्षमा उभिएपछि समाजवादीमा समस्या आएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार