पोखरा । अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको विस्तारित बैठकले नयाँ नेतृत्व चयन गरेको छ ।
अनेरास्ववियु केन्द्रीय उपमहासचिव महेश श्रेष्ठको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो । विस्तारित बैठकमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले अनेरास्ववियुमा लाग्ने विद्यार्थीहरुको पहिलो काम अध्ययन गर्ने भएको भन्दै उपस्थित विद्यार्थीलाई आफ्नो पढाइमा ध्यान केन्द्रीकृत गर्न आग्रह गरेका छन् ।
पछिल्लो समय नेपाली राजनीतिमा देखिएको स्वतन्त्र उम्मेदवारीको परम्पराप्रति कटाक्ष गर्दै श्रेष्ठले दलीय व्यवस्थामा नेतृत्वको कपी गर्दा सफल नहुने बताए । कार्यक्रमको अध्यक्षता अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसका निर्वतमान अध्यक्ष तथा अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष न्यौपानेले गरेका थिए । स्वागत निर्वतमान सचिव रसिक न्यौपानेले गरेका थिए ।
करिब ३ घण्टा चलेको विस्तारित बैठकले रसिक न्यौपानेको अध्यक्षतमा २९ सदस्यीय कमिटी गठन गरिएको छ । उपाध्यक्षमा विशाल नायक क्षेत्री, सचिवमा सन्तोष पौडेल, सहसचिवद्वय सुजन सुवेदी रसुदिप पौडेल चयन भएका छन् । कोषाध्यक्षमा कल्पना सुवेदी चयन भएका छन् ।