Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज राष्ट्रियसभा बैठक बस्दै


    शुक्रबार, असार १० २०७९
    660
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसदको माथिल्लो सदन रांष्ट्रिय सभाको बैठक आज शुक्रबार बस्दैछ ।  बैठक दिउँसो १ बजे बस्नेछ ।

     राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालका अनुसार प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५औँ संशोधन) विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची छ । 

    आजको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ‘कोभिड–१९ संकट व्यवस्थापन विधेयक २०७८ र औषधि (तस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफावार छलफलका लागि प्रस्तुत गर्ने छन् ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ पेस गर्ने सम्भावित कार्यसूची छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार