Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लकडाउन खुलेलगत्तै कोरोना संक्रमण बढ्यो, प्रहरी प्रधान कार्यालयका २७ जना संक्रमित


    बुधबार, साउन १४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा संक्रमितको संख्या फेरि हवात्तै बढेको छ । लकडाउन खुला भएको एक साताभित्रै मंगलबार उपत्यकामा मात्रै ५३ जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै प्रहरी प्रधान कार्यालयमा कार्यरत छन् ।

    मंगलबार २७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कुबेर कडायतले जानकारी दिए । संक्रमित प्रहरी सहायक निरीक्षकदेखि कार्यालय सहयोगीसम्मका छन् । कडायतले भने, ‘केही प्रहरीलाई सामान्य ज्वरो आएपछि परीक्षण गराउँदा कोरोना पोजेटिभ देखियो । त्यहीं बेला प्रत्यक्ष एवं अप्रत्यक्ष सम्पर्कमा आएका अन्यलाई पनि सरेको हुन सक्छ ।’

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरमा ५३ जना नयाँ संक्रमित फेला परेका छन् । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २१ जनामा संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौका ११ र भक्तपुरका एक जनामा संक्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौंका नौ जना, ललितपुरका एक जना छन् । त्यस्तै पाटन अस्पतालमा ललितपुरका एक जना छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा काठमाडौंका एक जना छन्। ललितपुरको सानेपास्थित निजी स्टार अस्पताल काठमाडौंका ६ जना र ललितपुरका दुई जनामा संक्रमण पुष्टि भएको छ । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार