काठमाडौं । पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
बिहीबार साँझ काठमाडौंको बानेश्वरमा प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले मूल्य वृद्धिविरुद्ध गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।
युवा संघले मसाल जुलुस निकालेर सडक अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । प्रदर्शनकारीले सरकारी गाडीमा तोडफोड गरेका छन् भने प्रहरीसँगको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।
सरकारले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको भन्दै युवा संघले बुद्धनगरदेखि नयाँ बानेश्वरसम्म मसाल जुलुससहित प्रदर्शन गरेको हो । प्रदर्शनकारीले मूल्यवृद्धि फिर्तासहित प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए । प्रदर्शनका कारण बानेश्वर क्षेत्रको यातायात प्रभावित भएको थियो ।
केही दिन अघि सरकारले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको थियो ।




काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend