Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देशभर थपिए ४९ कोरोना संक्रमित


    बिहिबार, असार ९ २०७९
    560
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।नेपालमा पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई हजार ४९४ वटा जनाको नमुनाको परीक्षण गरिएकामा ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २३४ नमुनाको पीसीआर परीक्षण गर्दा ३३ र एक हजार २६० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५२ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर १२ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६७ हजार ३४२ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १६३ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार