Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा


    बिहिबार, असार ९ २०७९
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा तोकेको छ ।

    पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ ।
    हिजो १ सय २५ रुपैयाँ २२ पैसा थियो ।

    आज युरो १ को खरिददर १३१.६३ पैसा र विक्रीदर १३२.२६ पैसा रहेको छ ।

    यस्तै अष्ट्रेलियन डलर १ को खरिददर ८६.३१ पैसा विक्रीदर ८६.७२ पैसा तोकेको छ । जापनी येन १० को खरिददर ९.१९ पैसा र विक्रीदर ९.२४ पैसा रहेको छ । चाइनिज युआन १८.६३ पैसा खरिददर रहेको छ भने विक्रीदर १८.७२ पैसा रहेको नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार