अर्घाखाँची। ‘मेयर साप पानी परेपछि हिलोका कारण पाइन्ट घुँडासम्म सारेर हिँड्नुपर्ने अनि हिउँद लागेपछि धुलो उडेर बाटोमा हिँड्नै नसक्ने अवस्था हटाउनुपर्यो,’ सन्धिखर्क नगरपालिकाले आगामी वर्षको बजेट निर्माणको पूर्वसन्ध्यामा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा युवा व्यवसायी हरिप्रसाद भुसालको सुझाव हो यो ।
हरिप्रसाद भुसाल मात्र होइन अर्घाखाँची चेम्बर अफ कमर्सका अध्यक्ष अशोक कुमार श्रेष्ठदेखि उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप मिश्रलगायतले पनि मुख्य बजारको सरसफाइमा मुख्य ध्यान दिन आग्रह गरेका थिए । बजार सुन्दर भएमात्रै समृद्ध सन्धिखर्कको नारा सफल हुने उनीहरूको दाबी थियो ।
सन्धिखर्क नगरपालिकाले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा सहभागी सबैले किसानहरूबाट उत्पादित कृषि उपजको बजारीकरणको साथै आन्तरिक आय बढाउनका लागि नगरपालिकाको ध्यान आकर्षित गरेका थिए । साथै नगरको शैक्षिक विकासको लागि विशेष योजना बनाएर अगाडी बढ्नुपर्नेमा उनीहरूको जोड रहेको थियो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले आगामी वर्षको नीति तथा कार्यक्रम सहित नगरपालिकाको प्राथमिकताका विषयमा प्रस्ट पारेका थिए । समृद्ध नगरपालिका बनाउनु आफ्नो एकमात्र लक्ष्य रहेको बताउँदै प्रमुख श्रेष्ठले सबैको एकताबाट मात्र त्यो सम्भव भएको बताएका थिए ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend