Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माइतीघरमा सरकारविरुद्ध किसानहरूको प्रदर्शन


    बुधबार, असार ८ २०७९
    685
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं।मल नपाएको भन्दै किसानहरुले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

    सरकार बाहिर रहेका एमालेसहित पाँच कम्युनिस्ट घटक समर्थित किसान संगठनहरुले बुधबार माइतीघरमा सरकार विरुद्ध प्रदर्शन गरेका हुन् । 

    हाल भइरहेको रासायनिक मलको अभाव, पेट्रोलियमको मूल्यवृद्धि, बढ्दो महँगीलगायत रासायनिक मलमा भइरहेको कालोबजारीको नियन्त्रण गर्न माग राख्दै उनीहरुले संयुक्त किसान आन्दोलन गरेका हुन् ।

    प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले हातमा धानको बिउ बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार