बुटवल।कार्यपालिकाले गरेको निर्णयलाई लिएर नेपाली कांग्रेसले एमालेमाथि आरोप लगाएपछि तिलोत्तमा नगरपालिकाको नगरसभा स्थगित भएको छ । केही दिन अगाडि बसेको कार्यपालिका बैठकमा हाल कायम करका दरमा हेरफेर नगर्ने निर्णय कार्यपालिका बैठकले गरेको थियो ।
नगर प्रमुख रामकृष्ण खाँणको अध्यक्षतामा नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकले करका पुरानै दर कायम राख्ने निर्णय गरे पनि कांग्रेसले भने कर घटाउने आफूहरूको प्रस्तावमा एमालेले बहुमतको आडमा अस्वीकार गरेको आरोप लगाएपछि नगरसभा स्थगित भएको हो । “सिंगो कार्यपालिकाले गरेको निर्णयलाई लिएर कुनै पार्टी विशेषलाई आरोप लगाउन मिल्दैन, यसको नगरपालिकाले स्पष्ट नपारेसम्म र गल्ती नसच्याएसम्म नगरसभा अघि बढ्न सक्दैन,” कार्यपालिकाका एक सदस्यले भने ।
कांग्रेस नेतासमेत रहेका रोमणिप्रसाद पाठकले तीन दिनअघि सामाजिक सञ्जाल फेसबुकमा केही करको दायरा घटाउने कांग्रेसको प्रस्तावमा बहुमतको एमालेले अस्वीकृत गरेको आरोप लगाउँदै स्टाटस लेखेका थिए ।
कार्यपालिकाले गरेको निर्णय एमालेविरुद्ध प्रयोग गरिएको भन्दै एमालेबाट निर्वाचित कार्यपालिका सदस्यले विरोध गरेपछि तीन दिनदेखि कार्यपालिका बैठक अवरुद्ध हुँदै आएको छ । बुधबारका लागि तय गरिएको नगरसभा पनि सूचना टाँस गरेर स्थगित गरिएको थियो ।
मंगलबारको नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका थियो । तर एमालेबाट निर्वाचित सदस्यहरूले नगरपालिकाले संस्थागत रूपमै गल्ती सच्याउनुपर्ने अडान नछाडेपछि नगरसभा नै बस्न सकेन ।
गाउँसभा र नगरसभाको कार्यसञ्चालन गर्न बनेको विधेयक २०७५ को परिच्छेद २ को खण्ड ५ मा बैठकमा सम्पूर्ण सदस्य संख्याको ५० प्रतिशतभन्दा बढी उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत गरिने छैन भन्ने उल्लेख छ । तिलोत्तमा नगरसभा र कार्यपालिकामा एमालेको बहुमत छ ।
संविधानअनुसार स्थानीय तहले १० असारभित्र आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुपर्छ । तर नगरसभा अवरुद्ध भएपछि नीति कार्यक्रम प्रस्तुत गर्ने समय नै पछाडि धकेलिएको छ । यसबाट बजेटसमेत अनिश्चित बनेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend