Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वास्थ्य उपकरण ब्यवसायी संगठित, स्वास्थ्य ब्यवसायी संघ दर्ता 


    मंगलबार, असार ७ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य संस्था र अस्पतालहरुमा उपकरण आपूर्ति गर्ने ब्यवसायीहरुको एक भेलाले स्वास्थ्य ब्यवसायी संघ दर्ता गरेका छन् । कम्पनी रजिष्टार कार्यालयमा मंगलबार दर्ता भएको उक्त संघको अध्यक्षमा नवराज बस्नेतलाई चयन गरिएको छ । संस्थाका पदाधिकारीहरुमा नारायण कार्की, रामकृष्ण ढुंगाना, विज्ञान अर्याल र नवीन श्रेष्ठ रहेका छन् । 

    स्वास्थ्य उपकरण आपूर्ति गर्ने ब्यवसायीहरुको हकहितका लागि संघ गठन गर्नु परेको  प्रवक्ता नारायण कार्कीले बताए । संस्था दर्ता गर्नुको पछाडि नेपालभर सरकारी अस्पतालका स्वास्थ्य सम्बन्धी उपकरण खरिदका विभिन्न प्रकारका टेण्डरहरुमा मिलेमतो तथा सिन्डिकेटलाई विस्थापन गरी स्वतन्त्र रुपमा सबै आपूर्तिकर्ताले टेण्डरमा भाग लिन ब्यवस्था सृजना गर्ने रहेको कार्कीले जानकारी दिए । 

    स्वस्थ र मर्यादित रुपमा उपकरणको आपूर्ति गर्ने ब्यवसायीहरुलाई संघमा क्रमशः आवद्ध गर्ने नीति रहेको उनले बताए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार