काठमाडौं। राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) नेपालले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
सरकारले हिँजो डिजेल र पेट्रोलको मूल्यवृद्धि गरेपछि संगठनले आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई आन्दोलनको चेतावनी दिएको हो ।
‘मूल्यवृद्धि तत्काल फिर्ता नलिए जस्तोसुकै आन्दोलन गर्न पनि राप्रविसं नेपाल तयार रहेको र यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवारी पनि सरकारले नै लिनुपर्ने प्रष्ट गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले स्वतः सबै क्षेत्रमा मूल्यवृद्धि हुने र आम जनताले यसलाई धान्न नसक्ने अवस्था आउनुअघि पेट्रोलियम पदार्थमा लगाइएको मूल्यवृद्धि फिर्ता लिन राप्रविसं नेपालले सरकारसँग माग गरेको छ ।
‘देशको आर्थिक अवस्था दयनिय बन्दै गएको अवस्थामा पेट्रोलियम पदार्थमा गरिएको पटक–पटकको मूल्यवृद्धिले महँगी आकासिने थाहा हुँदाहुँदै मूल्यवृद्धि गर्नु आपत्तिजनक छ,’ राप्रविसं नेपालले भनेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend