Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यकामा भेटिए ५३ संक्रमित, काठमाडौंमा मात्रै ४८ जना


    मंगलबार, साउन १३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको जानकारी दिएका हुन् । 

    यसरी भेटिएकामा काठमाडौंका ४८ जना, ललितपुरका चार जना र भक्तपुरका एक जना रहेका छन् ।

    यसरी भेटिएकामध्ये राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकुमा काठमाडौंका ११ जना र भक्तपुरका एक जना संक्रमित भेटिएका हुन् । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका नौ जना र ललितपुरका एक जनामा संक्रमण पुष्टि भएको छ । पाटन अस्पतालमा ललितपुरका एक जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काठमाडौंको एकजना, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका २१ जना र स्टार अस्पतालमा काठमाडौंका ६ जना र ललितपुरका दुई जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 

    पाटन अस्पतालमा ललितपुरका तीन जना, त्रिवि शिक्षण अस्पतालमा काठमाडौंमा एकजना र स्टार अस्पतालमा काठमाडौंको दुई जना हुन् । 

    योसँगै मंगलबार देशभर ३ सय ११ जना काेराेना संक्रमित भेटिएका छन् ।  आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १८ हजार ८ सय ८० जना पुगेको छ। काठमाडौं उपत्यकाका ५२ जना संक्रमित भेटिएको छ ।

    नेपालमा पछिल्लाे २४ घण्टामा १ सय २१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १३ हजार ८ सय ७५ पुगेकाे छ । सक्रिए संक्रमितको संख्या ५ हजार १ सय ३९ रहेको छ । 

    नेपालमा अहिलेसम्म संक्रमणबाट ४८ जनाको मृत्यु भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार