काठमाडौं । मंगलबार देशभर ३ सय ११ जना काेराेना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा गरिएकाे ५ हजार ३२ वटा पीसीआर परीक्षणबाट यी संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १८ हजार ८ सय ८० जना पुगेको छ। काठमाडौं उपत्यकाका ५३ जना संक्रमित भेटिएको छ ।
नेपालमा पछिल्लाे २४ घण्टामा १ सय २१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १३ हजार ८ सय ७५ पुगेकाे छ । सक्रिए संक्रमितको संख्या ५ हजार १ सय ३९ रहेको छ ।
नेपालमा अहिलेसम्म संक्रमणबाट ४८ जनाको मृत्यु भएको छ।