काठमाडौं। संसदको चारण अनुगमन समितिको कार्यालय संघीय संसद, सिंहदरवारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध उजुरी परेको छ । आलेले प्रतिनिधिसभा सदस्यको आचार संहिताविपरित गतिविधि गरेको भन्दै उनीमाथि कारबाहीको मागसहित उजुरी परेको हो ।
उजुरीमा भनिएको छ, ‘डोटीका माननीय सांसद प्रेम आलेले विभिन्न व्यक्तिसँग टेलिफोन तथा प्रत्यक्ष भेटघाटका बिषयमा अश्लिल शब्द प्रयोग गरेको अडियो बाहिर आएका छन् । साँस्कृतिक मूल्य मान्यताको जगेर्ना गर्दै संस्कारयुक्त समाज निर्माण गर्ने जिम्मा पाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका आलेज्यूले टेलिफोन वार्ताहरुमा अश्लिल शब्द मात्रै प्रयोग गर्नु भएन ठेगान लगाउने सम्मको धम्की दिनुभयो ।’
उनले विभिन्न सार्वजनिक स्थानमा राजनितक दलका नेता तथा निजामति कर्मचारीहरूलाई अश्लिल तथा अपशब्द प्रयोग गर्ने गरेको समेत उजूरीमा उल्लेख छ । यसैबीच ३ असार शुक्रबार नेपालका विभिन्न पत्रपत्रिका तथा अनलाइन मिडियामा सार्वजनिक भएको सुन्नै नसक्ने अडियो र सञ्चार माध्यमहरूमा आएअनुसार नागरिक उड्डयन प्राधिकरणका अध्यक्षलाई हातपात गरेको समेत जानकारीमा आएको छ ।
त्यस्तै प्राधिकरणकै अध्यक्षलाई टेलिफोनमा कुनै ठाउमा कर्मचारी भर्ना नगरिदिएको रिसमा अत्यन्तै खदजनक अश्लिल शब्द प्रयोग गरिएको भेटिएको छ।


काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend