Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुई मन्त्री किन पुगे बालकोट ?


    शनिबार, असार ४ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि हिजो गृहमन्त्री बालकृष्ण खाण र कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला बालकोट पुगेका हुन् । ओलीसँग मन्त्रीद्वयले नागरिकता विधेयकबारे छलफल गर्ने बताइएको छ । 

    दलीय सहमतिमा नागरिकता विधेयक अघि बढाउने सरकारको तयारी छ । गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटकपटक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्।

    नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ । लोसपाले पनि नागरिकता विधेयक अघि बढाउन माग गरिरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार