Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कपिलवस्तुको वाणगङ्गा उत्कृष्ट नगरपालिका


    मंगलबार, साउन १३ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तौलिहवा । कपिलवस्तुको वाणगङ्गा नगरपालिकाले नेपालकै उत्कृष्ट नगरपालिकाको पुरस्कार हात पारेको छ । नगरपालिकाले गरेका विभिन्न कार्यमध्ये आर्थिक वर्ष २०७५÷७६ मा सुशासन क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेबापत नेपाल नगरपालिका सङ्घले नगरलाई नेपालकै उत्कृष्ट नगरपालिका घोषणा गरेको हो ।

    विभिन्न सूचकको मूल्याङ्कनबाट सङ्घले नगरलाई सो पुरस्कार दिएको हो । सङ्घका अध्यक्ष अशोक ब्याञ्जुले वाणगङ्गाका उपप्रमुख चक्रपाणि अर्याललाई सो पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुयभो । वाणगङ्गा नगरपालिकाका प्रमुख मङ्गलप्रसाद थारुले सबैकोे सहयोगमा नगरपालिका उत्कृष्ट भएको र अझ धेरै गर्न बाँकी रहेको बताउनुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार