Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गैरआवासीय नेपालीको नागरिकताको समस्या यथाशीघ्र सम्बोधन गर्छौंः प्रधानमन्त्री देउवा


    बिहिबार, असार २ २०७९
    560
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्यालाई यथाशिघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । 

    गैरआवासीय नेपाली संघले आज राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । 

    ‘तपाईँहरुले गैरआवासीय नेपालीको नागरिकताका विषयलाई जतिसक्दो चाँडो सम्बोधन गर्न आग्रह गर्दै आउनुभएको छ । यस विषयलाई सबै पक्षसँग समन्वय गरी यथाशिघ्र सम्बोन गरिने कुरा मा आश्वस्त पार्न चाहन्छु,’ प्रधानमन्त्री देउवाले भने ।

    सम्बोधनका क्रममा उनले प्रवासी नेपालीहरुलाई आफूसँग भएको सीप र पूँजी नेपालको विकासमा लगाउन आव्हान गरेका थिए । 

    ‘तपाईँहरुले विदेशमा थुप्रै विकास देख्नुभएको छ । आउनोस् हातेमालो गरौं, नेपाललाई हाम्रो जिवनमा एउटा सभ्य विकसित मुलुक बनाई छोडौं,’ प्रधानमन्त्री देउवाले भने ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार