हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट प्रतिपक्षलाई अबहेलना गर्ने उदेश्यले ल्याएको भन्दै नेकपा (एमाले) का सांसदहरुले आलोचना गरेका छन् ।
पुर्वमन्त्री समेत रहनु भएका वागमती प्रदेशका सांसद डाक्टर अजयक्रान्ति शाक्यले बजेटमा एमालेकाे भावनालाई समेट्न नसकेको भन्दै आलाेचना गर्नुभयाे । `बजेट प्रतिपक्षलाई अबहेलना गर्ने उदेश्यले ल्याइएको छ,´ उहाँले भन्नुभयाे, `बजेटमा हाम्रो पार्टीको भावनालाई समेटिएको देखिदैन । कतिपय भने पुरानै कुराको कपी-पेष्ट गरिएको छ ।´ उहाँले बजेटको आकार बढेपनि स्रोत भर पर्दो नभएकालेे बजेट सस्तो लोकप्रियताका लागि मात्रै ल्याइएको पनि उहाँले आराेप लगाउनुभयाे ।
`बजेट काठमाडौका जनताका लागि हात लाग्यो शुन्य जस्तै देखियाे,´ उहाँले भन्नुभयाे, ´कतिपय बटेजसुन्दा ठिकै लाग्ने तर कार्यान्वयन नहुने खालकाे देखिएको छ ।काठमाडौँले सबैभन्दा बढी राजस्व बुझाउने तर बजेटमा कन्जुस्याइँ गर्ला काठमाडौंका जनतालाई अन्याय भएको छ ।´ वागमती प्रदेशले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षकोभन्दा करिब १३ अर्ब रुपैयाँले बढी हो । उहाँले बजेटको आकार बढेपनि स्रोत भर पर्दो नभएकालेे सस्तो लोकप्रियताका लागि मात्र भएको बताउनुभयाे ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend