Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • असुलीमा परिचालित प्रदेशका घुमुवा मुख्यालय तानिए


    मंगलबार, साउन १३ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • बीरगंज । आइजीपी शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीमा सुधारको थालनी गरेका छन् । तराईका जिल्लामा लामो समय घुमुवाका रुपमा कार्यरत केही अधिकृत र जुनियर अधिकृतलाई उनले हालै प्रहरी मुख्यालय र गणमा सरुवा गरेका छन् ।

    विशेषगरी २ नम्बर प्रदेशका बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी लगायतका जिल्लाका नाका नाकामा घुमुवाहरु परिचालन गरी प्रहरीका इन्चार्जहरुले अतिरिक्त असुली गर्दैआएका थिए । ती घुमुवामध्ये लामो समय कार्यरत र असुलीमा बदनामहरुलाई तानिएको छ । नेपाल प्रहरीको प्रदेश नम्बर २ का प्रमुख डीआइजी धिरजप्रताप सिंहले जिल्ला जिल्लामा राखेका घुमुवाहरुलाई परिचालन गरेकोबारेमा नेपालफेसले खुलासा गरेको थियो । प्रहरी प्रधान कार्यालयले ती घुमुवाहरुको रेकर्ड हेरी उनीहरुलाई सरुवा गरेको जनाएको छ ।

    प्रदेशले राखेका घुमुवा टोलीका इन्चार्ज इन्स्पेक्टर बरुण सिंहलाई मानव बेचबिखन ब्यूरो बबरमहलमा काजसरुवा गरेको छ । प्रहरी मुख्यालयको निर्देशनमा प्रदेशका डीआइजी सिंहले अर्का घुमुवा सई जयलाल यादवलाई बीरगंजको बिपत ब्यवस्थापन गणमा सरुवा गरेका छन् । सई त्रिभुवन साहलाई धनुषाको ढल्केबर दंगा नियन्त्रण गणमा सरुवा गरेका छन् । सई सागर राणा प्रहरी मुख्यालय तानिएका छन् । यी चारै जना घुमुवा २ नम्बर प्रदेशका पर्सा, बारा, रौतहट जस्ता जिल्लामा लामो समयदेखि कार्यरत छन् । उनीहरुको काम भनेकै हाकिमहरुको लागि तस्कर र अपराधिक गतिविधिमा संलग्नसँग रकम असुली गरी हाकिमलाई बुझाउने हुँदैआएको छ ।

    अपराधी पत्ता लगाउनका लागि सिभिल ड्रेसमा सूचना संकलन गर्न खटाउने गरेका प्रहरीको काम बढी अपराधीसँग मिलेर रकम लेनदेन गर्ने हुँदैआएको छ ।
    २०६४ पछिका केही बर्ष २ नम्बर प्रदेशका घुमुवाहरुले सशस्त्र समूहसँग कनेक्सन गरी हत्या र आतंक फैलाएर असुली गरेको रकमको हिस्सा पाउने गरेका थिए । त्यतिबेलादेखिका घुमुवा अहिले १० बर्षसम्म पनि सीमा क्षेत्रमा हुने तस्करीदेखि विभिन्न अपराधीसँग साँठगाँठ गरी कुस्त घुस असुलीमै ब्यस्त छन् । शैलेश थापा आइजीपी भएपछि प्रहरीमा सुधारको थालनी गर्ने अपेक्षा अनुरुप उनले २ नम्बर प्रदेशका बदनाम घुमुवा तानेका छन् ।

    २ नम्बर प्रदेशका यसअघिका डीआइजी प्रद्युम्न कार्कीको सरुवा हुनासाथ उनको ठाउँमा गएका डीआइजी सिंहले गण र प्रदेशमा तानिएका घुमुवालाई पुनः प्रदेशको घुमुवा राखेका थिए । दरबन्दी अन्यत्र भएकालाई पनि रमाना नदिई घुमुवामा परिचालन गरेका छन् ।

    यो पनि पढ्नुहोस्ः

    •  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार