काठमाडौं।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत स्थानीय निर्वाचनमा विजय हुने सम्भावना नदेखेपछि सिफारिस भएकाले समेत उम्मेदवारी फिर्ता लिएर हिँड्दा पार्टीले उल्लेख्य सिटमा विजय हासिल गर्न नसकेको गुनासो गरेका छन् ।
मंगलबारदेखि जारी स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले आफूले उम्मेदवारी नपाएपछि पार्टी निर्णयको विरोध गर्ने र पार्टी नै छाडेर हिँड्ने कामसमेत भएको भन्दै गुनासो गरेका हुन् ।
अध्यक्ष नेपालका अनुसार ७ वटा कारणले पार्टीले स्थानीय तहको निर्वाचनमा अपेक्षित मत ल्याउन नसकेको निष्कर्षसहित छलफलका लागि प्रतिवेदन पेस गरेका छन् । जसअनुसार पहिलो गठबन्धन भई हाल्छ भने आफ्नो तयारीमा नलाग्ने, दोस्रो आफूलाई केन्द्रमा राखेर गठबन्धन गर्न चाहाने अर्थात हाम्रो संगठन जहाँ तुलनात्मक रुपमा बलियो छ, त्यहाँ लिन जोड गर्नुपर्ने, त्यस्तो नगरी व्यक्तिलाई केन्द्रमा राखेर सिट लिन चाहने कार्य स्थानीय पार्टीपंक्तिमा देखापरेको नेपालको भनाइ छ ।
यसैगरी, गठबन्धन हुँदा उम्मेदवारी दिन तँछाडमछाड गर्ने, तर गठबन्धन नहुने भएपछि भने उम्मेदवारी पनि फिर्ता लिने, चौथो चुनावलाई जनतामाझ राजनीति पुर्याउने माध्यम नठानी पद प्राप्त गर्ने माध्यम मात्रै ठान्ने, पाँचौं, पार्टीको टिकटबाट दिइएको उम्मेदवारी फिर्ता लिने, छैटौं आफूले उम्मेदवारी नपाएपछि पार्टी निर्णयको विरोध गर्ने र पार्टी नै छाडेर हिँड्ने, सातौं आफ्नो वास्तविक शक्ति र प्रभावको आंकलन नगरी मनोगत विश्लेषणका आधारमा बढी आंकक्षा राख्ने कार्य देखापरेको भन्दै अध्यक्ष नेपालले आगामी चुनावमा यसबाट पाठ लिनुपर्नेमा जोड गरेका छन् ।
नेकपा एसको स्थायी कमिटी बैठक जारी छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend