Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १३ करोडको सु्न बरामद, हतियारसहितको झोला फालेर भागे तस्कर


    मंगलबार, साउन १३ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले करिब १३ करोड मुल्य बराबरको अवैध सुन बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले तस्करलाई पछ्याउन क्रममा सो सुन बरामद भएको हो । 

    राजधानीको दरबारमार्गमा पुगेपछि तस्कर समूहले सुनको झोला फालेको र त्यसमा दुई थान हतियार समेत फेला परेको प्रहरीले जनाएको छ । 

    सो झोला हेर्दा १५ किलो सुन रहेको र यसको आजको मूल्य करिब १३ करोड रहेको प्रहरीको अनुमान छ । 

    सुन र हतियार फेला परेपनि तस्कर भने उम्किएका छन् । घटनाबारे प्रहरी आजै पत्रकार सम्मेलन गर्दै जानकारी दिने जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार