लण्डन।गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा बिहीबार काठमाडाैंमा हुने एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य ६ मन्त्री सहभागी हुने भएका छन् ।
एनआरएनएले ‘गैर आवासीय नेपाली नागरिकता, मताधिकार, वैदेशिक लगानी र वैदेशिक रोजगार’ लगायतका विषयमा छलफल गर्न आयोजित सो ६ घण्टे कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्का, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला लगायतका मन्त्रीले सम्बोधन गर्ने कार्यक्रमत य भएको छ ।
मुख्यसचिव शंकरदास बैरागीसहित प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समेत कार्यक्रममा सहभागीता जनाउने छन् ।
उद्योग, अर्थ, परराष्ट्र मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको टोली समेत कार्यक्रममा उपस्थित हुने छ भने प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने गैरआवासीय नेपाली संघले जनाएको छ ।
नेपाल सरकारलगायत विभिन्न सरोकारवालको समेत उपस्थितिमा गैरआवासीय नेपालीका माग सम्बोधन गराउने उद्देश्यले आयोजना हुने सो कार्यक्रममा संविधानसभाका पूर्वअध्यक्ष सुभासचन्द्र नेम्वाङ, पूर्वमन्त्री गगन थापा, सांसद डा. सूर्यप्रसाद पाठक, कृष्णभक्त पोखरेल, लक्ष्मणलाल कर्ण, राष्ट्रियसभाका वर्तमान र पूर्वसदस्यहरु खीमलाल देवकोटा, राधेश्याम अधिकारी, सांसद पुष्पा भुषाल गौतम, रेखा शर्मा, पूर्वमन्त्री योगेश भट्टराई सहभागिता रहने छ ।
चार चरणमा आयोजना हुने कार्यक्रममा विभिन्न विषयका विज्ञले आफ्नो कार्यपत्र प्रस्तुत गर्ने तयारी गरेको संघका अध्यक्ष डा. बद्री केसीले जानकारी दिए ।
काठमाडौंको र्याडिसन होटलमा आयोजना हुने एक दिने सो सेमिनारमा गृहसचिव टेकनारायण पाण्डे, उद्योग सचिव अर्जुनप्रसाद पोखरेल, अर्थसचिव मधुकुमार मरासिन, परराष्ट्र सचिव भरतराज पौडेलले समेत सम्बोधन गर्ने भएका छन् ।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले सरकार प्रमुखसहित सरोकारवाला मन्त्रालयका मन्त्रीसहितको उपस्थितिमा हुने कार्यक्रम संघका माग पूरा गर्न कोसेढुंगा सावित हुने बताए । उनले संघले विगत डेढ दशकदेखि उठाएका मागहरुको टुंगो लगाउने सुर्वण अवसर भएको बताए ।
संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सम्बोधन गर्ने सो कार्यक्रमका लागि संघका अध्यक्ष कुल आचार्य र अध्यक्ष डा. बद्री केसी लगायतका पदाधिकारी काठमाडौंमा उत्रिएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend