धनगढी । सुदूरपश्चिम प्रदेश सरकार १ असारमा प्रदेशको बजेट ल्याउन गरी तयारीमा जुटेको छ । बजेटका लागि अन्तिम तयारी गरिरहेको प्रदेश सरकारले केही महत्वकांक्षी योजना ल्याउने तयारी गरेको छ ।
प्रदेश सरकारले ल्याउन लागेका केही महत्वकांक्षी योजना तत्काल पूरा हुने खालका भने हुने छैनन् । चिसापानी–सुगरखाल–पण्डौन–खैराला–खानीडाँडा गुरिल्ला ट्रेलको सम्भाव्यता अध्ययन गरी पर्यटकीय पदमार्गको रुपमा विकास गर्ने कार्यक्रम यस पटकको बजेटमा आउनेछ । जुन योजना कार्यान्वयन गर्न वर्षाैँ लाग्ने देखिन्छ । तर, यो योजना सफल भएमा कैलालीमा पर्यटन व्यवसायले उल्लेख्य प्रगति गर्नेछ ।
त्यसैगरी आगामी बजटेमा सुदूरपश्चिमले प्रदेश प्राविधिक विश्वविद्यालय सञ्चालनका लागि कार्यक्रम ल्याउनेछ । विगत ५ वर्षदेखि विश्वविद्यालय निर्माणमा जुटेको प्रदेश सरकारले आगामी बजेटमा केही भौतिक प्रगति गर्ने देखिएको छ । प्राविधिक विश्वविद्यालय निर्माण गर्नसकेको खण्डमा भने सुदूरपश्चिममा आर्थिक अभावका कारण बाहिर जान नसक्ने विद्यार्थीका लागि राम्रो अवसर हुनेछ । तर, विश्वविद्यालय सञ्चालनका लागि प्रभावकारी कामको आवश्यकता देखिन्छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गर्ने बजेटमा एक निर्वाचन क्षेत्र एक नमूना विद्यालयजस्ता कार्यक्रमलाई समेट्ने भएको छ । प्रदेश सरकारले कक्षा १० को अन्तिम परीक्षाको व्यवस्थापन तथा सञ्चालन गर्न प्रदेश परीक्षा बोर्ड स्थापना गरिने नीति कार्यक्रममा उल्लेख गरेको छ । जुन कुरालाई बजेटमा पनि समावेस गर्ने तयारी गरिएको छ ।
यसैगरी ५० शय्याको प्रादेशिक आयुर्वेद चिकित्सालयको भौतिक प्रगति सम्पन्न भइसकेकोमा प्रदेश सरकारले आगामी वर्षदेखि त्यसलाई सञ्चालनमा ल्याउने गरी बजेट कार्यक्रम ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारको महत्वकांक्षी योजनाका रुपमा मोनोरेल सञ्चालन गर्न पूर्व–पश्चिम राजमार्गअन्तर्गत चिसापानी–अत्तरिया–गड्डाचौकी खण्डलाई चार लेनको बनाउन सम्भाव्यता अध्ययन गर्नेजस्ता कार्यक्रम समावेस गरिएका छन् ।
सुदूरपश्चिम प्रदेशलाई आगामी आवमा संघले ९ अर्ब समानीकरण अनुदान, ६ अर्ब ९८ करोड सशर्त अनुदान, ७९ करोड विषेश अनुदान र ७६ करोड समपूरक अनुदान गरी कुल १७ अर्ब ५५ करोड रुपैयाँ अनुदान हस्तान्तरण गर्ने भएको छ । जसमा १० अर्ब ९० करोड चालू र ६ अर्ब ६५ करोड पुँजीगत अनुदान छ । चालू आर्थिक वर्ष सुदूरपश्चिम प्रदेशको ३० अर्ब ३३ करोड बजेट ल्याएको थियो ।
देशमा संघीय व्यवस्था लागु भएपछि बनेको पहिलो प्रदेश सरकारको अन्तिम बजेटमा धेरै कार्यक्रम भने विगतकै योजनालाई दोहोर्याउने गरी आउने आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव जितेन्द्र बस्नेतले बताए ।
१ असारमा प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न तयारी पूरा भएको उनले बताए । उनका अनुसार प्रदेशको आगामी आर्थिक वर्षको बजेट ३३ अर्बको हाराहारीमा आउनेछ । जसमा कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकासका योजनालाई प्राथमिकतामा राखिएका छन् । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट विनियोजन गरेको थियो । प्रदेश सकरारले पहिलो पञ्चवर्षीय योजनाको आधारपत्रका आधारमा बाँडफाँट हुने गरी बजेट ल्याउने जनाएको छ । मोहन जोशी/न्युज काराखा
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend