Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुई चिकित्सकसहित वीरगञ्जमा भेटिए १५ कोरोना संक्रमित


    मंगलबार, साउन १३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • वीरगञ्ज । वीरगञ्ज थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार राति वीरगञ्जका दुई चिकित्सकसहित १५ जनामा संक्रमण पुष्टि भएको बताइएको छ । 

    संक्रमण पुष्टि भएका दुवै चिकित्सक नारायणी अस्पतालमा कार्यरत छन् । नारायणी अस्पतालमै कार्यरत ३१ वर्षीय एक पुरुष कर्मचारीमा पनि संक्रमण भेटिएको छ । यस्तै जगदम्बा उद्योगमा कार्यरत ४८ वर्षीय, ५६ वर्षीय र २६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सो उद्योगका सीईओमा गत साउन ६ गते संक्रमण पुष्टि भएको र उनको संसर्गमा आएकामा परीक्षण गर्दा थप तीन जना कर्मचारीमा पनि संक्रमण भेटिएको हो । 

    यस्तैगरी आफैंले पीसीआर जाँच गराएका ५५ वर्षीय, ३४ वर्षीय, ३३ वर्षीय र २३ वर्षीय पुरुषमा पनि सोमबार राति संक्रमण पुष्टि भएको छ । 

    यी बाहेक जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा कक्षमा रहेका २३ वर्षीय एक युवक र बाराका ४१ वर्षीय पुरुषमा पनि संक्रमण भेटिएको हो । यस्तै वीरगञ्जकै एक ४५ वर्षीया महिलामा पनि संक्रमण भेटिएको छ । 

    भारतबाट आएका २६ वर्षीय पुरुष र क्वारेन्टिनमा बसेका ५६ वर्षीय पुरुषको पनि पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको छ ।

    सोमबार राति संक्रमण पुष्टि भएका १५ जनामध्ये १३ जना पर्साका, १ जना बारा र १ जना इलामको रहेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार