Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बिजुली तारमा हिँडेका माइलालाई काठमाडौंमा संस्थाको जिम्मा लगाइयो


    आइतबार, जेष्ठ २९ २०७९
    600
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  ककनीको त्रिशूली ‘थ्रि ए’ को प्रसारण लाइनमा हिँडेका माइला विकलाई काठमाडौंमा रहेको एक संस्थाको जिम्मा लगाइएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ घर भएका विकलाई काठमाडौंको तार्केश्वर नगरपालिकाको फुटुङस्थित नवजीवन परोपकार संस्थाको जिम्मा लगाइएको हो । 

     जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार संस्थाले हेरचाह र उपचार गराउँछौं भने पछि जिम्मा लगाइएको हो । 

    ककनी गाउँपालिका-७ स्थित विद्युत प्रसारण लाइनमा शनिबार उनी हिँडेका थिए ।  उनलाई नेपाली सेनाको टोलीले राति उद्धार गरेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार