Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रीहरुलाई गंगा चौधरीको प्रश्नः जनताको संरक्षण गर्न नसक्ने तपाईहरुलाई कुर्सीमा बस्ने अधिकार छैन


    आइतबार, जेष्ठ २९ २०७९
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौैं ।  सांसद गंगा चौधरीले जनताको संरक्षण गर्न नससकेको भन्दै मन्त्रीहरुलाई कुर्सीमा बस्ने अधिकार नरहेको बताएकी छन् । 

    प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा उनले थारू समुदायको संरक्षण र संविधानप्रदत्त अधिकारसमेत दिएको आरोप लगाउँदै मन्त्रीहरूलाई मन्त्रीको कुर्सीमा बस्ने अधिकार नै नरहेको बताइन् । 

    राजनीति सिद्धान्त, दायित्व र मौलिक हकबारे संविधानमा हेर्न आग्रह गर्दै उनले विभागीय मन्त्रीहरूलाई जिम्मेवारीको कुर्सीमा बस्ने अधिकार र हैसियत नै नभएको बताइन् । 

    ‘विभागीय मन्त्रीज्यूहरू, तपाइँहरू के गरेर कुर्सीमा बस्नुभएको छ । जनताको संरक्षण गर्न सक्नुहुन्न भने तपाइँहरूको कर्सीमा बस्ने हक अधिकार र हैसियत पनि छै्रन,’ उनले भनिन् । 

    थारू समुदाय नेपाली नागरिक होइन र भन्दै प्रश्न गर्दै उनले थारूमाथि नै राज्यबाट अन्याय भएको बताइन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार