Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भीष्म फुलाराको “कस्तो भाइरस आयो… ?” बोलको भिडियो सार्वजनिक


    मंगलबार, साउन १३ २०७७
    2.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । गत हप्तामात्र आमा सम्बन्धि गीत सार्वजनिक गरेर चर्चामा रहेका युवा साहित्यकार भीष्मराज फुलाराद्धारा लिखित “कस्तो भाइरस आयो………….. ?” बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

    संसारभर हुरहुरी फैलिएको कोभिड–१९ को महामारीलाई समेटेर लेखिएको उक्त कारुणिक गीतको संगीत तथा स्वर रामकुमार बस्नेतको रहेको छ भने रामचन्द्र चन्दको संगीत संयोजन रहेको छ । फुलारा लिटरेचर फाउण्डेशन नेपाल र द ल अफिसेस अफ बाशु डी. फुलारा पि.सि.को संयुक्त सहकार्यमा निर्माण गरिएको उक्त गीतको म्यूजिक भिडियो गीतकार फुलाराको आफ्नै आधिकारीक यूट्युव च्यानल “फुलारा इन्टरटेनमेन्ट नेटवर्क” मार्फत सार्वजनिक गरेको हो ।

    भिडियोमा सुरविर पण्डित, दिनेश के.सी., सरिता राजोपाध्याय, ज्ञान खत्री, ठण्ड बहादुर अधिकारी, योग गुरु सुदन भेटवाल, हेमाङ्गराज गिरी र लेखक भीष्मराज फुलारा स्वयंलाई देख्न सकिन्छ । लिगेस भट्टराईद्धारा निर्देशन तथा सम्पादन गरिएको उक्त भिडियोको छायांकन वीरेन्द्र भट्टले गरेका हुन् भने श्रृगांर उर्मिला लामाको रहेको छ । त्यसै गरी व्यवस्थापन पक्षको सबै जिम्मेवारी यम प्रसाद ओलीले सम्हालेका हुन भने स्वराङ्कन गणेश सुवेदीले गरेका हुन् ।

    हेर्नुस् भिडियोः

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार