बेइजिङ। इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकी रणनीतिले भावी द्वन्द्वलाई उकास्ने काम गरेको चीनका रक्षामन्त्री जनरल वेई फेङ्गेले बताएका छन् । दुई महाशक्तिबीचको सम्बन्ध महत्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै फेङ्गेले द्विपक्षीय सम्बन्धलाई सुधार गर्ने कार्य अमेरिकाको हातमा रहेको बताए । एसियाको प्रमुख सुरक्षा बैठक सांग्रिला संवादलाई सम्बोधन गर्दै फेङ्गेले अमेरिकालाई ‘चीनलाई गाली गर्ने’ बन्द गर्न आग्रह गरे ।
बैठकमा अमेरिकाले ताइवानमा चिनियाँ सैन्य गतिविधिको विरोध गरेको थियो । ताइवान स्वशासित टापु वरपर हालैको चिनियाँ सैन्य गतिविधिले यथास्थिति परिवर्तन गर्ने खतरा रहेको बताउँदै अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले ताइवानलाई अमेरिकी समर्थन रहेको बताए । उनले ताइवाननजिकै चीनको उत्तेजक र अस्थिर सैन्य गतिविधिमा निरन्तर वृद्धि भएको बताउँदै त्यसको आलोचना गरेका थिए ।
बेइजिङको कम्युनिष्ट मूलभूमिसँग एकताको मागलाई स्वीकार गर्न धम्की दिने उद्देश्यले चीनले हालैका वर्षहरूमा ताइवानविरुद्ध आफ्नो सैन्य उत्तेजकता बढाएको बेइजिङमाथि आरोप लाग्दै आएको छ ।
चीनले ताइवानलाई आफ्नो महत्वपूर्ण हिस्सा भएको दाबी गरेको छ । सन् १९४९ मा गृहयुद्धका क्रममा ताइवान विभाजन भएको थियो । बेइजिङले आफ्नो राष्ट्रिय हितको रक्षा गर्ने आफ्नो संकल्पलाई कम नठान्ने चेतावनी दिँदै ताइवानको स्वतन्त्रतालाई समर्थन गर्नेहरूले प्रतिकूल परिणाम भोग्नुपर्ने बताउँदै आएको छ । एजेन्सी
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend