काठमाडौं । प्रतिनिधिसभाबाट बजेट पारित भएपछि मन्त्रिपरिषद् पुनर्गठन हुने हल्ला चलेपछि शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो मन्त्रालयको बजेट विनियोजनसम्बन्धी विवरण रोकेकी छन् ।
प्रतिनिधिसभामा पेश गर्नुपर्ने मन्त्रालयगत विनियोजनको विवरण तयारी अवस्थामा छ । तर, मन्त्री झाँक्रीले सचिवलाई अह्राएर उक्त विवरण अहिलेसम्म प्रतिनिधिसभामा पेश गर्न दिएकी छैनन् ।
अरु सबै मन्त्रालयका विनियोजन विवरण संसदमा पुगिसकेको छ । अधिकांश मन्त्रालयबारे छलफल भइसकेको छ । तर, शहरीमा पटक पटक ताकेता गर्दा पनि विवरण पठाइएको छैन । शहरी विकास मन्त्रालयकै कारण संसदीय छलफल प्रभावित भएको संसद सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डे बताउँछन् । ‘उहाँहरुले आफ्नो विवरण समयमै पठाइदिनुभएको भए सोमबारसम्म छलफल टुंगिने थियो, तर हामीले सोधखोज गर्दा पनि अहिलेसम्म विवरण आएको छैन’, डा. पाण्डेले भने ।
झाँक्रीसम्बद्ध दल नेकपा (एकीकृत समाजवादी) ले पूर्वसहमतिअनुसार ६ महिनाको कार्यकाल पूरा गरेका मन्त्रीहरुलाई फिर्ता गराएर नयाँ मन्त्रीको नाम पठाइसकेको छ ।
उक्त पार्टीको सचिवालय बैठकले निर्णय गरेर नयाँ मन्त्रीहरुको नाम पठाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले ‘केही दिनका लागि’ भन्दै मन्त्रिपरिषद् हेरफेर रोक्नुभएको थियो ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्ना सहकर्मीहरुलाई बताएअनुसार, मन्त्रीहरुको हेरफेर गर्ने आफ्नो पार्टीको निर्णयपछि अन्य दलमा भुइँचालो गएका कारण प्रधानमन्त्रीले कम्तीमा बजेट पारित हुने दिनसम्मका लागि विस्तार कार्य रोक्नुभएको हो ।
६ महिनाको सहमतिमा मन्त्री भएका एकीकृत समाजवादीका मन्त्रीहरुले थप दुई महिना गरी आठ महिनाको कार्यकाल गुजारिसकेका छन् ।
पार्टीले फिर्ता बोलाउने निर्णय गरेपछि स्वास्थ्य मन्त्री विरोध खतिवडा र शहरी विकास मन्त्री झाँक्रीले पार्टी निर्णयप्रति असन्तुष्टी व्यक्त गर्दै आएका छन् । बाँकी मन्त्री भने पार्टी निर्णय मान्न तयार छन् । पार्टी निर्णय मान्न तयार नहुनेमध्ये झाँक्री सबभन्दा बढी असन्तुष्ट भएकी छन् ।
उनले आफ्नो मन्त्री पदलाई केही दिन भए पनि थम्थम्याउनका लागि संसदमा पठाइनुपर्ने विवरण पठाउन ढिला गरेको मन्त्रालय स्रोतले जनाएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend