Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • हेटौंडामा ट्रकले लियो बाबु–छोरीको ज्यान, ट्रक चालक फरार


    आइतबार, जेष्ठ २९ २०७९
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मकवानपुर ।  मकवानपुरको हेटौडा उपमहानगरपालिका–९ मा हिजो बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका–९ पशुपनिनगरका अन्दाजी ५५ बर्षीय ईश्वर कुमार तामाङ र पछाडी सवार उनकी २६ बर्षीया छोरी अमिना तामाङ रहेका छन् । 

    ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा हेटौडा अस्पतालमा बेलुकीनै मृत्यु भएको प्रहरीले जनाएको छ । 

    भारतिय नम्बरको ग्यास लोड भएको बुलेट ट्रकले तामाङ बाबु–छोरी सवार ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी सवा ७ बजे, ठक्कर दिएको थियो । 

    दुर्घटना लगतै फरार भएका बुलेट ट्रकका चालकको खोजी भइरहेको छ । फाइल फोटो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार