काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेमा बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुष हुन् । उनको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी निमोनिया, मिर्गौला र मष्तिष्कघातसम्बन्धी रोगका विरामी थिए ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म १८ हजार ७५२ जना नेपालीमा कोरोना संक्रमण भएको छ । कोरोना संक्रमितमध्ये १३ हजार ७५४ जना निको भएर घर फर्किसकेका छन् ।