Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश नं १ मा २३ जना सङ्क्रमित


    सोमबार, साउन १२ २०७७
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बिराटनगर । प्रदेश नं १ मा आज २३ जनामा सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १९, झापामा दुई, पाँचथर र धनकुटामा एक-एक जनामा सङक्रमण देखिएको छ ।

    यसरी सङ्क्रमण देखिएकामा विराटनगरका पाँच महिलासहित सात, रतुवामाईका १२, झापाको बाह्रदशीका दुई, पाँचथरको याङवरक र धनकुटाको महालक्ष्मीका एक-एक जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

    प्रदेशमा सङ्क्रमितको सङ्ख्या ९४५ पुगेको छ भने निको भै घर फर्कने ७४७ रहेका छन् । प्रदेशमा आज ५१८ को पिसीआर परीक्षण गरिएको छ भने अहिलेसम्म ४० हजार १८ को पिसीआर परीक्षण सम्पन्न भैसकेको मन्त्रालयले जनाएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार