Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना रोकथाममा अग्रमोर्चामा रहने १५८ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण


    सोमबार, साउन १२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि भीडभाड नियन्त्रण गर्नेदेखि अस्पतालको ड्युटीमा समेत तैनाथ हुने प्रहरी कर्मचारीहरु एकपछि अर्को संक्रमित भएका छन् । पछिल्लो समयमा १ सय ५८ प्रहरी कोरोना भाइरस संक्रमणको शिकार भएका छन् ।

    प्रहरी प्रधान कार्यालय नक्साल स्रोतका अनुसार आज मात्रै स्याङ्जाका १८ सहित २२ जना, काठमाडौं, मोरङलगायतका जिल्लामा गरी १५८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यसअघि हिजोमात्रै प्रदेश नं. १ प्रहरी कार्यालय, विराटनगरमा कार्यरत थप १९ जनामा प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    त्यतै पूर्वी नाका काँकरभिट्टामा कार्यरत १८ जना सशस्त्र प्रहरीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार