काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने तयारी भैरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकको तयारी भैरहेको जानकारी दिए ।
आज बस्ने बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य-सचिवको नियुक्ती, सचिवको बढुवा लगायतको निर्णय गर्ने थाहा भएको छ ।
राखेप सदस्य सचिवको लागि निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवाल, अन्जु श्रेष्ठ र लिलबहादुर थापा मगरको नाम सिफारिस भएको छ ।
यस्तै सचिव बढुवाका लागि चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र मधु मरासिनि सिफारिस भएका छन् ।